I wish my first Grandchild and your पनाति Jaxen could have met you—and loved you, as he would have, and as we all did. Rest in peace बुवा
Tributes
Leave a tributeI wish my first Grandchild and your पनाति Jaxen could have met you—and loved you, as he would have, and as we all did. Rest in peace बुवा
Six long years have passed by since you left this world this day in 2011 but I still often find myself missing you badly. As I observe this day in silence, the pain of that fateful day seems to have come back to surface once again.
Dad even though you are gone your memories will forever be precious, and the blessing is that you are still alive in us.
You taught me why not to easily trust people, and how to value friendships. You have also taught me how to interpret dreams and many other things which I might have not been able to explore myself. So although you are gone, father, the values and knowledge you have given me still flows in my blood and I will try to pass them on to your grandchildren too. We, as a family, are doing everything that could make you proud. Your rich legacies shall never die !
It's been 5 years since you passed away. Your memory lives on in our heart. Your kindness and willingness to help others will never be forgotten.
You had a real flair for life and lived it to the fullest. May you Rest in peace !
I will miss your Jhaure geet & madal ko taal
Your memories will always remainin in our heart
,,,Rest in Peace...
I never had a chance to say goodbye, a true grandfather and honourable person , you will be forever missed
"God has called back one of his angels you will always be in our hearts"
May your soul rest in peace
between each other. I hope you have a better life than before. R.I.P GRANDAD. I love you.
may your soul rest in peace
your sweet memeries will always
Remain with us..
We all love yu n u will b missed..
Love u hajurbuwa...
Leave a Tribute
I wish my first Grandchild and your पनाति Jaxen could have met you—and loved you, as he would have, and as we all did. Rest in peace बुवा
बखतबहादुर कुँवरको ४५औं पून्य तिथिमा कोइरालाद्धारा कब्जा गरेका घर जग्गा फिर्ता नगरेको भन्दै आपत्ति
बखतबहादुर कुँवरको ४५औं पून्य तिथिमा कोइरालाद्धारा कब्जा गरेका घर जग्गा फिर्ता नगरेको भन्दै आपत्तिPublished: 4th of January 2012 10:36 AM.http://imagechannels.com/samachar/thap_janakari/9806
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादीले कब्जा गरेका घरजग्गा र सम्पत्ति फिर्ता नगरेको भन्दै आपत्ति जनाउनु भएको छ । नेपाली कांग्रेस पर्वतका पुराना कार्यकर्ता बखतबहादुर कुँवरको ४५औं पून्य तिथिको अवसरमा राजधानीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा कोइरालाले माओवादीबाट पीडित कार्यकर्तालाई न्याय दिलाउन आवश्यक रहेको बताउनु भयो । कोइरालाले बखतबहादुर कुँवर जस्ता ब्यक्तिहरुले नै कांग्रेसलाई गाउँ गाउँमा जोगाएको पनि बताउनु भयो । माओवादीहरुले युद्धकालमा दिवंगत कुँवरको सम्पत्ति र सेतो घोडा समेत लुटेका थिए भने सोही घोडा माओवादी अध्यक्ष प्रचण्डले चढ्ने गर्नुहुन्थ्यो ।
2010-10-06 - ekantipur.com | फोटो ग्यालरी
6 अक्टोबर 2010 –
पर्वतको रानीपानी गाविसका ७६ वर्षीय बृद्ध बखतबहादुर कुँवर द्धन्द्धकालमा माओवादीले लुटेको रकमका बारेमा डाईरी हेरेर जानकारी दिदैं । साथमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले युद्धकालमा चढेको कुँवरको सेते घोडा । फोटोग्राफर : विमल खतिवडा ...
http://202.166.193.40/np/gallery/gallery-images.php?gallery_id=480&image_id=6438
चोरेको घोडा चढेर सोझा जनताको हिरो बन्ने प्रचण्ड
From http://prachandatanasha.blogspot.com/
Friday, February 12, 2010
६ लाख रुपैयाँ नदिएपछि माओवादीले उनको घोडा रोल्पा पुर्याएका थिए चोरेको घोडा चढेर सीधा सोझा जनताको अगाडि हिरो बन्ने एकिकृत ने-क-पा-माओबादी अध्यक्ष प्रचण्ड जनताको नेता होइना।
विमल खतिवडा,घोडाबाटै परिचित:पर्वत, आश्विन २०६६ साल २२ गते - ब्ाखतबहादुर कुँवर धेरैले नचिन्लान् तर सेतो घोडा चढ्ने बूढा भनेपछि चिरपरिचित छन् । पर्वतको रानीपानी, १ निवासी कुँवरको चिनारीको माध्यम नै बन्यो उनले पालेको सेतो घोडा । पहिला पनि उनलाई घोडाले सबैसामु परिचित गराएकै थियो । जतिबेला उनका घोडा प्रचण्डलाई बोकेर पश्चिमका दुर्गम पहाडमा यात्रा गरेको थाहा हुँदै गयो । उनले १५ वर्षअघि रुकुमबाट सानो बच्चा किनेर ल्याई पालेका थिए । उनले त्यसर्ला 'सेते' नाम दिएका थिए । उनको मुस्ताङ्गी घोडा हेर्दा पनि निकै लायक छ । धेरै परिश्रमका साथ लालन पालन गरेका छन् भने कतै जान पर्यो भने त्यसैमा जाने सवारीसाधनका रूपमा पनि प्रयोग गर्दै आएका छन् । ७३ वषर्ीय कुँवरको साधन मात्र हैन साथ र सहारा पनि यही घोडा नै हो ।एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले चढेपछि कुँवर र उनको घोडाले यति धेरै चर्चा कमाउन सफल भएका हुन् । ७३ वषर्ीय कुँवरको घोडा २०६२ असोज १५ गते माओवादी कार्यकर्ताहरूले उनको घरबाट लिएर गएर गए । त्यतिबेला उनी घरमा थिएनन् । ०६० कात्तिक १४ गतेदेखि नै माओवादीको धम्कीका कारण उनी गाउँबाट विस्थापित भई काठमाडौं गएर बसेका थिए । त्यतिबेला उनलाई मओवादीले ६ लाख रुपैयाँ माग गरेका थिए । पैसा नदिएपछि माओवादीले उनको घोडा रोल्पा पुर्याएका थिए । जतिबेला उनी घोडा लगिएको पीडामा थिए त्यतिबेला प्रचण्डले रोल्पामा कार्यक्रममा जाने र पार्टीका कार्यकर्ताहरू भेटघाट गर्ने साधनका रूपमा उनै बखतबहादुरको घोडा प्रयोग गरेका थिए । कान्तिपुरको नेपाल साप्ताहिकमा प्रचण्डले घोडा चढेको फोटो देखेपछि उनले आफ्नो घोडाको पत्तो पाएका थिए । घोडाको खोजीका लागि कान्तिपुरमा गएर उनले आग्रह गरेका थिए । शान्ति प्रक्रियापछि उनले जिल्लाका विभिन्न दलका प्रतिनिधि, सञ्चारकर्मी र मानव अधिकारकर्मीहरू तथा प्रचण्ड स्वयंलाई भेटी आफ्नो घोडा फर्काईदिन माग गरेका थिए । प्रचण्डले तपाईले चढेकै घोडा नभए पनि मैले रुकुम, रोल्पा जाँदा चढ्ने गरेको दुईवटा घोडा छन् कुन लानुहुन्छ रोजेर लानु भन्दा उनी केही बेर भावुक बनेका थिए । पछि उनले जसरी भए पनि आफूले चढ्ने गरेकै घोडा चाहिन्छ भनी प्रचण्डलाई घोडा फर्काइदिन माग गरे । प्रचण्डको आदेशमा माओवादी कार्यकर्ताहरूले ०६३ सालमा घोडा फिर्ता ल्याइदिए । त्यतिबेला पर्वतको तिलार गाविस-८ का माओवादी कार्यकर्ता मोहन गिरीको घरमा उक्त घोडा लुकाएर राखिएको रहेछ । युद्धकालमा उनको पसलबाट माओवादी कार्यकर्ताले लगेको १४ लाख ४० हजार ८ सय रुपैयाँ अझै फिर्ता पाउन सकेका छैनन् । शान्ति सम्झौतापछि गाउँ फर्किएका उनले घरमा घोडा पाएको दुई महिना नबित्दै पुनः विस्थापित हुनुपरेको थियो । पछि दलहरूको रोहवरमा पुनः घर फर्किएका थिए ।'मेरो जीवनसाथी घोडा नै हो र जनता मेरा परिवार । अबको सेवा भनेको घोडाको र जनताको हुन्छ' बखतबहादुर भन्छन् । तीन श्रीमतीका ७ छोरा रहेका उनका दुई श्रीमतीको मृत्यु भइसकेको छ भने छोराहरू पनि बाहिरबाहिरै छन् । कान्छी श्रीमती पनि काठमाडौंमा बस्छिन् । उनी भने आफू जन्मेको र हुर्केको ठाउँ रानीपानीमै नाति भुपालबहादुरसँग बसेर सामाजिक काममा नै सक्रिय छन् । झन्डै आधा दर्जन रोगले गाँजिएका उनी आफ्नो बुढेसकालको सहारा भन्नु नै घोडा रहेको बताउँछन् । उनलाई मधुमेह, रक्तचाप, पिसाबसम्बन्धी रोग, नशासम्बन्धी रोग र ग्यास्टिक छ । उनी घोडाबिना एक पाइला पनि कतै हिँड्न सक्दैनन् । उनी सदरमुकाम कुश्मा, पोखरा, स्याङ्गजा, बुटवल जाँदा पनि घोडै चढेर जान्छन् । गाडीमा चढ्यो भने कहाँ पल्टिने हो थाहा हुँदैन तर घोडामा चढे केही हुँदैन- बखतबहादुर भन्छन् । जहाँ जाँदा पनि घोडाकै सहारा लिन्छु । घोडाले मैले मात्र होइन उसले पनि मलाई माया गर्छ । उनी भन्छन्- त्यही भएर म चढ्दा घोडाले बेइमानी गर्दैन तर अरू चढ्दा बेइमानी गरी लडाइदिन्छ । उनले दाजु गगनबहादुरलाई साथ लिएर पहिलोपटक गाउँमा स्वास्थ्य चौकी खोलेका थिए । 'घोडा लगेर दुःख दिन्थे त कहिले घरबाट उठिबास लाएर' प्रचण्डप्रति आक्रामक बन्दै बखतबहादुर भन्छन््, 'सर्वहारा जनताका नेता अरे दुनियाँ सर्वसाधारणहरूको घरखेती कब्जा गरेर सर्वहाराका नेता बन्छन् ।' उनले भने मैले माओवादीसँग बरु मेरो घर जग्गा केही फिर्ता चाहिँदैन मलाई मेरो घोडा दिए पुग्छ भनेर घोडा फिर्ता मागेको बताए । घोडाको निम्ति ज्यान पनि दिन पछि नहट्ने उनी भन्छन्उनले ६० हजार रुपैयाँमा उक्त घोडा किनेर ल्याएका थिए । अहिले अर्बौं पैसा दिए पनि कसैलाई नदिने बखतबहादुर बताउँछन् । भन्छन्, 'छोराछोरी र श्रीमतीले मलाई बोक्दैनन्, त्यही भएर छोरीछोरी वा श्रीमती जे भने पनि यही घोडा हो ।' गाउँमा घोडा चढ्ने पहिलो व्यक्ति नै बखतबहादुर हुन् । उनले एक दर्जन जती घोडा किनेर चढेका तर सेते घोडाको जस्तै माया अरू कुनै घोडाको पनि नलागेको उनी बताउँछन् । उनका नाति बिहानैदेखि घोडाको स्याहार गर्न खटिने गरेका छन् । उनले दैनिक घोडालाई एउटा अण्डा र एक पाथी मकै खुवाउने र दुई दुई दिनमा आधा माना खुवाउने गरेका छन् । उनले अबको उमेर भने गाउँमै बसेर जनताको सेवा गरेर बिताउने योजना बनाएका छन् । भन्छन् अब त घोडा लिन र मलाई विस्थापित गर्न माओवादी आए भने मलाई र घोडालाई सँगै जहाँ लान्छौं लैजाऊ भन्छु ।
काठमाडौ, २०६६ माघ १५ - बखतबहादुर कुँवरलाई धेरैले नचिन्लान् तर सेतो घोडा चढ्ने बूढा भनेपछि चाहिँ सबैले उनलाई सम्झिहाल्छन् । पर्वत रानीपानी- १ निवासी कुँवरको चिनारीको माध्यम नै बन्यो उनले पालेको सेतो घोडा । पहिला पनि उनलाई घोडाले सबैसामु परििचत गराएकै थियो । उनी त्यतिबेला चर्चाको शिखरमा पुगे जतिबेला उनको घोडा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बोकेर पश्चिमका दुर्गम पहाडमा यात्रा गरेको थाहा भयो ।
उनले १५ वर्षअघि रुकुमबाट सानो बच्चा किनेर ल्याई पालेका थिए । उनले त्यसर्ला 'सेते' नाम दिएका थिए । उनको मुस्ताङ्गी घोडा हेर्दा पनि निकै लायक छ । धेरै परश्रिमका साथ लालन पालन गरेका छन् भने कतै जान पर्यो भने त्यसैमा जाने सवारी साधनका रूपमा पनि प्रयोग गर्दै आएका छन् । ७३ वषिर्य कुँवरको साधन मात्र हैन साथ र सहारा पनि हो सेते । दाहालले चढेपछि कुँवर र उनको घोडा निकै चिनिए ।
२०६२ असोज १५ गते मओवादी कार्यकर्ताहरूले उनको घरबाट घोडा लिएर गएर गए । त्यतिबेला उनी घरमा थिएनन् । ०६० कात्तिक १४ गतेदेखि नै माओवादीको धम्कीका कारण उनी गाउँबाट विस्थापित भई काठमाडौं गएर बसेका थिए । त्यतिबेला उनलाई मओवादीले ६ लाख रुपैयाँ माग गरेका थिए । पैसा नदिएपछि माओवादीले उनको घोडा रोल्पा पुर्याए ।
जतिबेला उनी घोडा लगिएको पीडामा थिए त्यतिबेला पुष्पकमलले रोल्पामा कार्यक्रममा जाने र पार्टीका कार्यकर्ताहरू भेटघाट गर्ने साधनका रूपमा उनै बखतबहादुरको सेते प्रयोग गर्थे । कान्तिपुरको नेपाल साप्ताहिकमा दाहालले घोडा चढेको तस्बिर देखेपछि उनले आफ्नो घोडाको पत्तो पाएका थिए । घोडाको खोजीका लागि कान्तिपुरमा गएर उनले आग्रह गरेका थिए ।
शान्ति प्रक्रियापछि उनले जिल्लाका विभिन्न दलका प्रतिनिधि, सञ्चारकर्मी र मानव अधिकारकर्मीहरू तथा दाहाल स्वयंलाई भेटी आफ्नो घोडा फर्काइदिन माग गरेका थिए । दाहालले 'तपाईले चढेकै घोडा नभए पनि मैले रुकुम, रोल्पा जाँदा चढ्ने गरेको दुई घोडा छन्, कुन लानुहुन्छ ?' भनेर उनलाई रोज्न लगाए अरे । त्यसबेला उनी पनि दहालझै 'भावुक' भएछन् । पछि उनले जसरी भए पनि आफूले चढ्ने गरेकै घोडा चाहिन्छ भनेर अड् डी कसेछन् । दाहालको आदेशमा मओवादीले ०६३ सालमा घोडा फिर्ता ल्याइदिएपछि उनको खुसी चुलिएर सगरमाथै भएको थियो । त्यतिबेला पर्वतको तिलार गाविस-८ का माओवादी कार्यकर्ता मोहन गिरीको घरमा सेतेलाई लुकाएर राखिएको रहेछ ।
घोडा फिर्ता पाए पनि युद्धकालमा उनको पसलबाट माओवादी कार्यकर्ताले लगेको १४ लाख ४० हजार ८सय रुपैयाँ पैसा भने अझै फिर्ता पाउन सकेका छैनन् बखतबहादुरले । शान्ति सम्झौतापछि गाउँ फर्किएका उनले घरमा घोडा पाएको दुई महिना नबित्दै पुनः विस् थापित हुनुपरेको थियो । पछि दलहरूको रोहवरमा पुनः घर फर्किएका थिए ।
'मेरो जीवनसाथी घोडा नै हो र जनता मेरा परविार । अबको सेवा भनेको घोडाको र जनताको हुन्छ' बखतबहादुर भन्छन् ।
घोडाबाहेक बखतबहादुरको मायाका भागी तीन श्रीमती र ७ छोरा पनि थिए कुनै समय । अहिले भने दुई श्रीमतीको मृत्यु भइसकेको छ । छोराहरू पनि बाहिरबाहिरै छन् । कान्छी श्रीमती पनि काठमाडौंमा बस्छिन् । उनीचाहिँ घोडाको साथमा गाउँमै खुसी छन् । आफू जन्मे हुर्केको ठाउँ रानीपानीमै नाति भुपालबहादुरसँग बसेर सामाजिक काममा सक्रिय बखतबहादुर सेतेलाई अचम्मै माया गर्छन् ।
झन्डै आधा दर्जन रोगले गाँजिएका उनी आफ्नो बुढेसकालको सहारा भन्नु नै घोडा हो भन्छन् । उनलाई मधुमेह, रक्तचाप, पिसाबसम्बन्धी रोग, नशासम्बन्धी रोग र ग्यास्टि्रक पनि छ । उनी घोडाबिना एक पाइला पनि कतै हिँड्न सक्दैनन् ।
कतिसम्म भने सदरमुकाम कुश्मादेखि पोखरा, स्याङ्गजा र बुटवलसम्म जाँदा पनि घोडै चढेर जान्छन् बखतबहादुर । '
गाडीमा चढ्यो भने कहाँ पल्टिने हो थाहा हुँदैन तर घोडामा चढे केही हुँदैन' भन्छन्, 'जहाँ जाँदा पनि घोडाकै सहारा लिन्छु । घोडालाई मैले मात्र होइन उसले पनि मलाई माया गर्छ । त्यही भएर म चढ्दा घोडाले बेइमान गर्दैन तर अरू चढ्दा बेइमान गरी लडाइदिन्छ । '
दाजु गगनबहादुरलाई साथ लिएर पहिलोपटक गाउँमा स् वास् थ्य चौकी खोलेका बखतबहादुर यति प्यारो घोडा अपहरणमा पर्दा निकै असहाय भएका थिए । 'कहिले घोडा लगेर दुःख दिन्थे त कहिले घरबाट उठिबास लाएर' उनी झोक्किए, 'सर्बहारा जनताका नेता अरे, दुनियाँको घरखेती कब्जा गरेर हुन्छ ?'माओवादीसँग 'बरु मेरो घरजग्गा केही फिर्ता चाहिँदैन घोडा दिए पुग्छ' भनेर सेतेलाई फिर्ता मागेको सम्झँदै उनले 'घोडाको निम्ति ज्यान पनि दिन पछि हटि्दनँ' भने ।
यति मायालु घोडा उनले ६० हजार रुपैयाँमा किनेर ल्याएका थिए अरे । अहिले अर्बौ रुपैयाँ दिए पनि कसैलाई नबेच्ने वाचा गर्छन् बखतबहादुर ।
भन्छन् 'छोराछोरी र श्रीमतीले मलाई बोक्दैनन्, त्यही भएर छोरीछोरी वा श्रीमती जे भने पनि यही घोडा हो ।'
गाउँमा घोडा चढ्ने पहिलो व्यक्ति नै बखतबहादुर हुन् । उनले एक दर्जन जति घोडा किनेर चढेका छन् । तर सेते घोडाको जस्तै माया अरू कुनै घोडाको पनि नलागेको उनी बताउँछन् ।
उनका नाति बिहानैदेखि घोडाको स्याहार गर्न खटिन्छन् । दैनिक एउटा अण्डा र एक पाथी मकै घोडाको खान्की छ ।
------------- prachanda--------------